आज लगातार दुई पटक भूकम्पको धक्का महसुस

 काठमाडौं, फागुन १६ । आज(सोमबार) विहान लगातार दुई पटक भूकम्प गएको छ । बिहान ९ बजेर २२ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । लगत्तै १० बजेर ६ मिनेटमा ४ दशमलव ७ म्याग्निच्यूडको अर्को पराकम्प गएको हो । पराकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोकलगायत क्षेत्रमा महशूस गरिएको थियो । यो २०७२ वैशाख १२ को गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यसअघि फागुन ७ मा धादिङ केन्द्रविन्दु भएर ४ म्याग्नेच्यूडको पराकम्प गएको थियो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.