बाबुरामले केपी ओलीलाई ‘उट्पट्याङ’ भनेपछि…



भैरहवा, ११ चैत– नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीको मधेस र जनजाति विरोधी हठका कारण मुलुक विखण्डनको खतरा बढेको आरोप लगाएका छन् । नयाँ शक्तिको हिमाल, पहाड, तराई÷मधेस अभियानका क्रममा भैरहवामा शुक्रबार आयोजित सभामा बोल्दै भट्टराईले ओली र एमालेको हठका कारण मुलुक अप्ठेरोमा परेको टिप्पणी गरे । भट्टराईले ओलीमाथि ‘उट्पट्याङ’ को आरोप लगाए । गौतम बुद्धलाई नेपाली भन्ने र गौतम बुद्धको जन्मथलोमा बस्नेलाई विदेशी देख्ने ओली उट्पट्याङ भएको आरोप लगाए । ‘गौतम बुद्ध नेपालमा जन्मेको भनेर गर्व गर्ने तर, गौतम बुद्धको जन्मथलोमा बस्ने नेपालीलाई विदेशी भन्नेहरु उट्पट्याङ हुन् ।’ भट्टराईले संविधान संशोधनमा भाँजो नहाल्न एमालेलाई आग्रह गरे । संविधान संशोधनीय विषय भए पनि संशोधन हुँदा मुलुक टुक्रिने हल्ला फैलाएर राष्ट्रवादको नारा लगाएको बताए । भट्टराईले संविधान संशोधन नभए सिके राउतजस्ता पृथकतावादीहरुलाई फाइदा पुग्ने उल्लेख गरे । संविधान संशोधन गर्नै हुँदैन भन्ने एमाले र ओलीको अडान अलोकतान्त्रिक भएको आरोप उनले लगाए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.