आजको राशिफल – वि.सं. २०७३ साल मंसिर १९ गते आइतबार तदानुसार इश्वी सन् २०१६ डिसेम्बर ४ तारिख

आजको राशिफल – वि.सं. २०७३ साल मंसिर १९ गते आइतबार तदानुसार इश्वी सन् २०१६ डिसेम्बर ४ तारिख – विवाह पञ्चमी
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ 
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्नेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 
अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। विशेष जिम्मेवारी हात पार्ने मौका छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह 
स्वास्थ्य कमजोर हुनाले आँटेको काम रोकिन सक्छ। अध्ययनमा समय दिन नसकिएला। सानातिना घरेलु काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। लेनदेन तथा हिसाबकिताबमा पनि होसियार रहनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो 
परिवेश उल्लासमय रहे पनि आफ्नो समय कमजोर देखिन्छ। प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक खर्च बढ्न सक्छ। बाध्यतासामु निरीह बन्नुपर्ला। परिस्थितिवश आफन्तजन टाढिन सक्छन्। दाम्पत्यमा पनि अविश्वास बढ्ने योग छ। सामान्य आम्दानी भइरहे पनि खर्च हुने डरले मन पिरोल्नेछ। पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे 
बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आलस्य गर्ने बानीले पछि परिनेछ भने मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो 
शुभचिन्तकहरूले साथ दिनेछन् भने मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। प्रतिष्ठित काम गर्ने मौका छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते 
नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। काम बिग्रने डरले सताउनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मान-सम्मान प्राप्त हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि 
पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द 
बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आँटले काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
– नोट – उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) को प्रश्तुत राशिफल नेपाली पात्रोबाट साभार गरिएको ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.