महिला साफ च्याम्पियन्सीप : भुटानविरुद्ध नेपालको गोलको वर्षा, सावित्राको ५ गोल

काठमाडौँ – सावित्रा भण्डारीको ५ गोलको मद्दतले नेपालले भुटानलाई ८–० ले पराजित गरेको छ । भारतको सिलिगुरीमा शुरु भएको चौँथो महिला साफ च्याम्पियनसीपमा नेपालले विजयी शुरुवात गरेको हो । फरवार्ड सावित्रा भण्डारी योसँगै एकै खेलमा ५ गोल गर्ने पहिलो नेपाली फुटबलर बनेकी छिन् । उनले खेलको पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेकी थिइन् भने दोस्रो हाफमा थप दुई गोल गरिन् । यसअघि नेपालका दुई महिला खेलाडीले एक खेलमा चार गोल गरेका थिए । नेपालका सर्मिला थापाले दुई र कृष्णा खत्रीले एक गोल गरिन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.