सुरु हुने भयो सिधा कुरा जनतासँग



न्युज २४ टेलिभिजनमा केहि महिनादेखि प्रशारण गर्ने योजनामा रहेको सिधा कुरा जनतासँग कार्यक्रम यहि मंसिर २८ गते मंगलबारदेखि शुरु हुने भएको छ । बहुप्रतिक्षित कार्यक्रमका रुपमा हेरिएको यो कार्यक्रमका परिकल्पनाकार रवि लामिछानेले यो कार्यक्रमले मुलुक र जनताको लागि अटुट प्रभाव छाड्ने बताएका छन् । जनताको चासो, गुनासो र प्रश्नसहितको कार्यक्रम सिधा कुरा जनतासँग मंगलबार, विहिबार र शनिबार राती ८ः४५ देखि ९ः३० सम्म प्रशारण हुनेछ ।यसअघि परिकल्पनाकार रवि लामिछानेले संचालन गरेको सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफु नेतृत्वमा आएसँगै खोसिदिएको थियो । विना कुनै जानकारी आफ्नो कार्यक्रम सरकारले खोसिदिएपछि प्रस्तोता रवि लामिछानेले सरकारले आफ्नो कार्यक्रम खोसिदिएपनि जनताका लागि नयाँ कार्यक्रम ल्याउने घोषणा गर्दै लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा यस्तो स्टाटस लेखेका छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.