‘बेलोन डि’अर २०१६ को उपाधि क्रिष्टियानो रोनाल्डोले जित्छन्’



काठमाडौंः रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो, बार्सिलोनाका लियोनल मेसी वा एथ्लेटिको मड्रिडका एन्टोनीयो ग्रिजम्यानले मध्ये ‘बेलोन डि’अर २०१६ को उपाधि कस्ले जित्ला? यसबारे बहस अहिले भइरहेको छ। सन् २००७ मा ब्राजिलका स्टार खेलाडी काकाले बेलोन डिअरको उपाधि जिते यता त्यो उपाधिका लागि बार्सिलोनाका मेसी र रियल मड्रिडका रोनाल्डोबीच नै मुख्य प्रतिस्पर्धा हुने गरेको छ। अन्तिम तीन खेलाडीको सूचीमा यो वर्ष स्पेनिसमा व्यवसायिकरुपमा क्लब फुटबल खेलिरहेकै खेलाडी परेका छन्। अन्तिम बेलोन डिअरको उपाधिका लागि मेसी र रोनाल्डोलाई चुनौती दिने खेलाडीका रुपमा यस वर्ष खडा भएका छन् एथ्लेटिको मड्रिडका ग्रिजम्यान। मेसी र रोनाल्डोलाई चुनौती दिने ग्रिजम्यान आठौं खेलाडी हुन्। स्पेनबाट प्रकाशित हुने एक दैनिक पत्रिकाले यस वर्षको बेलोन डि’अरको उपाधि रियल मड्रिडका रोनाल्डोले जित्ने दाबी गरेको छ। अहिलेसम्म रोनाल्डोले सन् २००८, २०१३ र २०१४ गरी तीन पटक बेलोन डि’अरको उपाधि उचालेका छन्, चौथो पटक उपाधि उचाल्ने दौडमा छन्, रोनाल्डो। मूख्यतः मेसी र रोनाल्डोबीच नै यो वर्ष उपाधिका लागि प्रतिस्पर्धा हुने स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले उल्लेख गरेको छ। रोनाल्डोले रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटबलको उपाधि तथा पोर्चुगललाई पहिलो पटक युरो कप फुटबलको उपाधि जिताएकाले पनि उनीले नै सन् २०१६ को बेलोन डि’अरको उपाधि उचाल्ने स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले दाबी गरेको छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.