दुर्इ नम्बर प्रदेशको सीमांकन हेरफेर गर्न ओलीको प्रस्ताव

काठमाडौं : पाँच नम्बर प्रदेश टुक्राउने प्रस्तावबारे विरोध भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्इ नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने प्रस्ताव अघि सारेका छन् ।
तराई–मधेसका सांसद तथा बुद्धिजीवीसँग सोमबार पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आयोजित ‘मधेसका समस्या: भ्रम र यथार्थ’ विषयक छलफलमा अध्यक्ष ओलीले भने, 'संविधानमा प्रदेश नम्बर २ को संरचनामाथि चाहिँ संशोधनको अावश्यक छ।'
ओलीले दुई नम्बर प्रदेशमा उदयपुर, सिन्धुली, मकवानपुरलगायत पहाडी र भित्री मधेसका जिल्ला समेट्नुपर्ने सुझाव आएको उल्लेख गर्दै भने, यसलाई सम्बोधन गर्न दुर्इ नम्बर प्रदेशको सीमांकनमा पुनरावलोकन आवश्यक छ।
ओलीले सत्ता जोगाउन नेपाली काँगेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव ल्याएको बताउँदै भने, यो कुनै हिसाबले आवश्यक छैन।'ओलीले तराई र पहाडका जिल्लालाई अलग बनाउने गरी आफ्नो पार्टीले कहिल्यै प्रस्ताव नगरेको दाबी गरे। 
सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधनको विधेयकमा विद्यमान प्रदेश नम्बर ५ का जिल्लाको हेरफेरको संरचना विगतमा एमालेको पनि प्रस्ताव भएको भन्ने बहस चलिरहेका बेला अध्यक्ष ओलीले तराई र मधेसलाई अलग गर्ने प्रस्ताव आफूहरुको नभएको जिकिर गरेका हुन्।
एमालेलाई मधेस विरोधी पार्टीका रुपमा प्रचार गर्न खोजिए पनि त्यहाँका जनतामा आफ्नो पार्टी लोकप्रिय र राष्ट्रवादी भएको जिकिर गर्दै ओलीले उच्च मनोबलका साथ आफ्नो क्षेत्रमा पुग्न मधेसका नेता र सांसदलाई निर्देशन पनि दिएका छन्। 

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.