घर किन्न सनराइज बैंकले १ करोडसम्म ऋण दिने



नयाँ घर बनाउने, अपार्टमेन्ट किन्ने वा पुरानै घरलाई मर्मत सम्भार गर्ने मनसायमा हुनुहुन्छ ? हुनुहुन्छ भने सनराइज बैंकले सुरक्षित घर कर्जा योजना अघि सारेको छ। घरसँगै जीवनको पनि सुरक्षा गर्नका लागि सुरक्षित घर कर्जा योजना ल्याइएको सो बैंकले जनाएको छ। बैंकले ५ लाखदेखि १ करोडसम्म कर्जा दिने भएको छ। कर्जाको अवधि १० देखि २० वर्षसम्म रहने सो बैकका हरि आचार्यले बताए। ऋणको ब्याजदर भने ८ दशमलव ५ देखि ९ प्रतिशतसम्म रहेको उनले जानकारी दिए। २१ वर्ष उमेर देखि ५० वर्षसम्मकालाई मात्र कर्जा दिइने सनराइज बैंकले जनाएको छ। ऋण लिनका लागि बैंकका केही मापदण्ड भने पुरा गर्नुपर्छ। मासिक आयबाट खर्च कटाएर बच्ने रकमसमान मासिक किस्ताको न्युनतम १. ५ गुणा बढी हुनुपर्ने, व्यवसायिक कृषि आम्दानी समेत देखाउनुपर्ने बैंकले जनाएको छ। घरकर्जाको रकम बराबर कर्जाको अवधि अनुसार ऋणीको सावधिक विमा गरिदिने आर्चायले बताए। कर्जाको अवधि अन्त्यमा विमा कम्पनीबाट विमक रकम लगायतका विमाको अवधि अनुसार मुनाफा वापत बोनस पनि दिइने बैंकले जनाएको छ। सनराइज बैंकले २०६४ साल असोज २५ गतेबाट नेपालमा सेवा सुरु गरेको हो। यसका ६७ वटा शाखाहरु छन् । आगामी वर्ष शाखाहरुलाई विस्तार गरेर ७६ वटा पुर्याउने बैंकले लक्ष्य राखेको छ। बैंकले अहिले ११ स्थानहरुबाट शाखारहित बैंकिङ सेवा सुरु गरिरहेको छ । बैंकको चुक्तापुँजी ५ अर्ब ३० करोड छ। जगेडा कोषमा ८५ करोड छ। निक्षेप ५५ अर्ब रहेको सो बैंकको कर्जा सापट ४६ अर्ब छ । बैंकलाई अघिल्लो आर्थिक बर्षमा खुद नाफा ९५ करोड भएको थियो। बैंकको ग्राहक संख्या ३ लाख २५ हजार छन्। चालु आर्थिक वर्षमा चुक्ता पुँजी ८ अर्ब पुर्याउने सो बैंकले जनाएको छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.