मलेसियामा एक नेपालीको मृत्यु



पाल्पा, २४ पुस । स्याङ्जा कारिकोट चन्डिभज्ञ्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको छ । मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको उहाँका आफन्त यमबहादुर विकले जानकारी दिनुभयो । शनिबार काम सकेर सुतेका उनी आज बिहान मृत भेटिएका हुन् । विकका श्रीमती र दुई सन्तान रहेका छन् । रासस

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.