शशांक कोइरालाको नौलो दाबी

२५ पुस । काठमाडौं
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतको फैसालपछि देश अब नयाँ चरणमा प्रवेश गरेको भन्दै अब निकास पाउने दाबी गरेका छन् ।
Shashanka Koirala
समृद्ध राष्ट्र निर्माणको लागि गोर्खाहरुको योगदान शीर्षकका ब्रिटिस गोर्खा नेप्लिस काउन्सिलले गरेको अन्तक्र्रियामा कोइरालाले अब देशले निकास पाउने दाबी गरेका हुन् । ‘सवोच्च अदालतको निर्णयपछि देश नयाँ चरणमा प्रवेश गरेको छ’ कोइरालाले भने, ‘अब तीन तहको निर्वाचन गरेर जानुपर्छ ।’
निर्वाचन भएमात्र राजनीतिक परिवर्तन संस्थागत हुने उनको भनाई थियो । दलबीच जुँगाको लडाई अब अन्त्य हुनुपर्ने उनले बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरले अब खाली राजनीतिक गीत मात्र गाउँने नभई देश बनाउने प्रष्ट रोड्रम्यापको खाँचो औल्याए । कार्यक्रममा नेताहरुले राष्ट्र निर्माणको लागि गोर्खाहरुले पनि योगदान पुर्याउँदै आएको र अझै पुर्याउन सक्नेबारेमा चर्चा गरेका थिए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.