आजको राशिफल – मिति बि.सं. २०७३ साल पौष २८ गते बिहिबार


तदानुसार इश्वी सन् २०१७ जनवरी १२ तारीख – श्री स्वस्थानी ब्रतारम्भ
आज श्री शाके १९३८, मिति बि.सं. २०७३ साल पौष २८ गते बिहिबार तदानुसार इश्वी सन् २०१७ जनवरी १२ तारीख – श्री स्वस्थानी ब्रतारम्भ, पौष सुक्ल पूर्णीमा तिथी, १७:४० बजे सम्म चन्द्रमा मिथुन राशिमा २०:५३ बजे सम्म सूर्य दक्षिणायन, हेमन्त ऋतु (ज्यो. प. सरोज घिमिरे )
मेष राशि:
कामको क्षेत्रमा बढी भन्दा बढी परिश्रम गर्नु पर्ने छ । मान्यजनहरुको साथ सहयोग मिल्ने छ । कष्टकर यात्रा झेल्नु पर्ने छ । मित्रजनहरुको पूर्ण बिश्वास नगर्नु होला । कुरा काट्ने ब्याक्तिहरुको कमी नरहला ।
बृष राशि: 
पारिबारिक सुख प्राप्त हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने छ । कामकाजको क्षेत्रमा त्यति मन नलाग्नाले अप्जस झेल्नु पर्नेछ । नयाँ लगानीमा हात नहालेकै बेश हुनेछ । घाँटी सम्बन्धी समस्याले सताउने छ ।
मीथुन राशि:
दाम्पत्य सम्बन्धमा सुधार आउने छ । मन प्रशन्न रहने छ । सवारी साधनको प्रयोगमा साबधानी अपनाउनु पर्ने छ । बोलीको कारण मित्रजनहरुसंग मनमुटाब रहने छ । कामको क्षेत्रमा साधरण समस्या रहने छ ।
कर्कट राशि: 
प्राकृतिक क्षेत्रमा लगानी गर्दा पछिलाई फाईदा हुनेछ । तत्कालिन आर्थिक अभाब ब्यहोर्नु पर्ला । ईस्ट मित्रको साथ सहयोग मनग्य मिल्ने छ । शत्रु पक्ष कमजोर रहनेछन । दाम्पत्य सुख प्राप्त हुने योग रहेको छ ।
सिंह राशि: 
वाणीका मधुरताले आर्थिक पक्ष राम्रो रहने छ । मन चंचल रहने छ । बौदिक ब्याक्तिहरुसंगको मेलमिलाप हुने योग छ । अनुसन्धान मुलक काममा समय ब्यतित हुनेछ । खानपानमा ध्यान दिनु होला । दिन मध्यम रहने छ ।
कन्या राशि: 
तपाइले गरेको कामको फाइदा अरुले लिनेछन । मान्यजनहरुसंग बिछोड हुनाले सामान्य चिन्ता रहने छ । पठनपाठनमा कमजोरी रहने छ । मनमा सामान्य डर वा चिन्ता रहने छ । खुट्टा तान्ते ब्याक्तिहरुको कमी नरहला ।
तुला राशि:
झन्झटपूर्ण यात्रा गर्नु पर्ने छ । मित्रजनहरुको खराब संगतले गर्दा कार्य क्षेत्रमा सामान्य अप्जस आईपर्ने छ । धनमालको क्षति हुन सक्ने छ । पारिवारिक सुख मिल्ने छ । शारिरिक आलस्यताले सताउन सक्ने छ ।
बृश्चिक राशि: 
स्वास्थ्य क्षेत्रमा सामान्य असर आईपर्न सक्छ । मनमा कुविचारको कारण सामान्य झन्झट भोग्नु पर्ला । निर्णय गर्न सक्ने क्षमतामा बृद्दि हुनेछ । कार्य क्षेत्रमा साधरण अब्जस आईपर्ला ।
धनु राशि: 
प्रेम सम्बन्धमा सुधार आउने छ । मनमा साधारण चिन्ताले सताउला । खानपानमा बिशेष ध्यान दिनुहोला । मान्यजनको साथ र सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी नगरेको राम्रो ।
मकर राशि: 
तपाइको कार्यको फाईदा अरुले उठाउने छन । पारिपारिक साथसहयोगले बिग्रन लागेको काम बन्नेछन । इष्टमित्रजनका निम्ती खर्च हुने योग छ । आम्दानीको क्षेत्र मध्यम रहेको छ । छोटो यात्राको सम्भाबनाहरु छन ।
कुम्भ राशि:
विध्या प्राप्तीको योग रहेको छ । मनोरन्जनको क्षेत्रमा समय बित्ने छ । साधारण चोटपटकको सम्भाबना रहेको छ । खोजमुलक कार्यमा मन लाग्ने छ । आम्दानीको क्षेत्र सबल रहने छ ।
मीन राशि: 
सवारी साधनको प्रयोगमा बिशेष ध्याम दिनुहोला । श्रम तथा परिश्रमको कदर नहुनाले मानसिक चिन्ताले सताउला । मान्यजनको साथ सहयोग प्राप्त होला । प्रेम सम्बन्धमा सुधार आउने छ । सामान्य खर्च हुने योग छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.