एमालेसहित ९ दलको निर्णयले सरकारलाई आंशिक राहत



काठमाडौं, २४ पुस । प्रमुख विपक्षी दल नेकपा (एमाले)सहितका विपक्षी ९ दलहरूले संविधान संशोधन बाहेकको कार्यसूचीलाई अगाडि बढाउन दिने निर्णय गरेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आइतबार बिहान बसेको ९ दलको बैठकले संविधान संशोधनको विधेयकसहित आउने कार्यसूचीलाई भने नमान्ने निर्णय गरेको एमालेका मुख्य सचेतक भानुभक्त ढकालले जानकारी दिए । ‘संसदको कार्यसूचीमा संविधान संशोधनको विधेयक राखेमा हामीले अबरोध गर्ने छौँ’, उनले भने, ‘संशोधनबाहेकका कुरालाई भने कुनै अबरोध हुँदैन । सदन चल्न सक्छ । तर संशोधन विधेयक आयो भने सदन अबरुद्ध हुन्छ ।’ विपक्षी ९ दलहरूले सदन अबरोध गरेका कारण आलोचना हुँदै आएको थियो । उनीहरूको यो निर्णयले सरकारलाई आंशिक भए पनि राहत मिलेको छ । यद्यपि, एमालेसहितका ९ दलको यो निर्णयलाई सत्तापक्षले मन पराएको छैन । सत्तारुढ दलहरू मधेसी मोर्चाको मागअनुसार संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउन चाहन्छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.