३३ किलो सुन तस्करीमा संलग्न दुई भन्सार अधिकृत पक्राउ

काठमाडौं, पुस २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याईँदै गरिएको करिब ३३ किलो सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले विमानस्थल भन्सारमा कार्यरत २ जना अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भन्सारका अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाललाई नियन्त्रणमा लिएको हो ।
सुन तस्करीको घटनाको अनुसन्धानका क्रममा उनीहरुको संलग्नता देखिएकाले ढकाल र यादवलाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) प्रमुख नवराज सिलवालले जानकारी दिए ।
इमेज समाचारसँग कुरा गर्दै सिआइबी प्रमुख सिलवालले घटनाको अत्यन्तै गम्भीर ढंगले छानबिन गरिरहेको भन्दै घटनामा संलग्न जो सुकै भए पनि यसलाई कारबाहीको दायरामा ल्याउने बताए ।
सिलवालले सुन तस्करीसम्बन्धी यो घटनाको अनुसन्धानका लागि राजनीतिक दल र सरकारले समेत आफूलाई सहयोग गरिरहेको भन्दै छिट्टै यसको वास्तविकता बाहिर ल्याउने विश्वास व्यक्त गरे ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.