पृथ्वी जयन्तीमा बिदा नदिएको भन्दै मन्त्रिपरिषद बैठकमा फरक मत



काठमाडौं: सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले मन्त्रिपरिषद बैठकमा पृथ्वी जयन्तीमा सरकारले बिदा नदिएको भन्दै फरक मत राखेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा मन्त्री केसीले इतिहासलाई भुल्न नहुने भन्दै नेपालको एकीकरण गरेका राष्ट्रिय नेताको सम्झनामा बिदा दिनुपर्ने बताएका थिए । बैठकबाट बाहिरिएका मन्त्री केसीले भने-'मैले आजको बैठकमा सरकारले किन पृथ्वी जयन्तीका दिन दिन बिदा नदिएको भन्ने फरक प्रस्ताव उठाए । अब म पृथ्वी जयन्तीकै अवसरमा आयोजित कार्यक्रममा सहभागि हुन निस्किएको हुँ । बैठक जारी छ ।' पृथ्वीनारायण शाह र राजसंस्थालाई एकै ठाउँमा राखेर हेर्न नमिल्ने मन्त्री केसीको तर्क छ । प्राधिकरणका सीईओका बारेमा छलफल हुँदै बैठकमा पुर्नर्निमाण प्राधिकरणका सीईओ सुशील ज्ञवालीका विषयमा छलफल भइरहेको बताइएको छ । सरकारले पुर्नर्निमाण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई प्राधिकरणको काम चिक्त बुझ्दो नभएको भन्दै स्पष्टिकरण सोधेको थियो । पहिलो पटक सोधेको स्पष्टिकरणले चित्त नबुझेको भन्दै सरकारले ज्ञवालीलाई दोस्रो पटक पनि स्पष्टिकरण सोधेको थियो । दोस्रो पटक बुझाएको स्पष्टिकरणका बारेमा बैठकमा छलफल भएको छ । सरकारले आजै ज्ञवालीको विषयमा निर्णय लिने गरी छलफल थालेको हो । नेपाली कांग्रेसको कोठामा रहेको प्राधिकरणको सीईओका लागि कांग्रेसले योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोख्रेलको नाम अघि सारेको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.