माइक्रो चालक र सह चालकले छात्रामाथि अभद्र व्यवहार गरेपछि..



ललितपुरको सातदोबाटोमा यात्रुमाथि अभद्र व्यवहार गर्ने चालक पक्राउ परेका छन्। गोदाबरी-लगनखेल रूटमा चल्ने माइक्रो बसका चालक र सहचालकले महिला यात्रुलाई जथाभावी बोल्दै अभद्र व्यवहार गरेपछि प्रहरी नियन्त्रणमा पुगेका हुन्। ललितपुरको सातदोबाटोस्थित होप इन्टरनेशनल कलेजका विद्यार्थीहरू प्राक्टिकलका लागि गोदाबरी गएका थिए। गोदाबरीबाट फर्कने क्रममा ११ जान छात्राहरू बा १ ज ६०७१ नम्बरको माइक्रमा चढे। माइक्रोका सह चालकले भाडा मागे। उनीहरूले विद्यार्थी सहुलियत कटाएर भाडा दिए। सह चालक जंगिए- यति भाडाले पुग्दैन। उनीहरूले फेरि केही रकम थपिदिए। त्यो रकम विद्यार्थी सहुलियत कटाएर बुझाएको रकमभन्दा बढी थियो तर, सह चालक मान्ने पक्षमा थिएनन्। सबै विद्यार्थी भाडा कटाएर कहाँ हुन्छ। खुरूक्क पैसा दिनुहोस्। उनीहरूले यती नै हो पैसा भनेपछि चालक र सहचालक एक्कासी आवेशमा आएर जथाभावी भन्न थाले। यहाँ उच्चारण गर्न नमिल्ने अपशब्द प्रयोग गर्दै छात्राहरूमाथि गाली बर्साउन थाले। विद्यार्थीहरूबीच सातदोबाटोमा चालक र सहचालकबीच चर्काचर्की चलेको थियो। त्यो दृश्य ट्राफिक प्रहरीले केही पर बसेर नियालिरहेको थियो। माइक्रो त्यहाँबाट उम्कियो। ट्राफिक प्रहरीले पिछा गर्दै माइक्रोलाई लगनखेलबाट नियन्त्रणमा लियो। यता विद्यार्थीहरूले ट्राफिक प्रहरी कार्यालय सातदोबाटोमा आवेदन दिए। चालक र सहचालकमाथि कारबाही गरिउ पाउँ भनी उनीहरूले दिएको निवेदनमा आफूहरूमाथि अभद्र र असब्य व्यवहार गरेको उल्लेख छ। गाडीसँगै ट्राफिकले चालक दीपक महर्जन र सहचालक रविन गुरूङलाई नियन्त्रणमा लियो। यसैबीच ललितपुर माइक्रोबस संघका पदाधिकारी ट्राफिक प्रहरी कार्यालय पुगेर माइक्रो र चालक तथा सहचालकलाई छोड्न आग्रह गरे- ‘केटाहरू हुन् यस्तो भने होलान् एक पटकलाई छोड्दिनू,’ उनीहरूले भने। लगत्तै ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाथेछुले भने- ‘महिलामाथि जथाभावी बोल्दै हिड्नै चालक र सहचालकलाई छाड्न मिल्दैन। के तपाई पनि आफ्ना दिदी बहिनीमाथि यस्तै व्यवहार भए सहनुहुन्थ्यो,’ उनको यस्तो प्रतिप्रश्नपछि पदाधिकारी गए। यता उनीहरूले ती छात्राहरूलाई फकाएर निवेदन फिर्ता लिन भने। उनीहरूले पनि हामी ११ जना थियौ र त उनीहरूले यस्तो गरे विचार एक्लै दुक्लै हिँडेका महिला दिदीबहिनी देखेभने के गर्लान यीनीहरूलाई कारबाही गर्नैपर्छ। यस्तो भनेपछि उनीहरू नाजावाफ हुँदै फर्किए। ‘महिलामाथि गाडी भित्र हुने जुनसुकै दुर्व्यवहार हामीलाई मान्य हुन्न। हामी कारबाही गरेरै छोड्छौ,’ हाछेथुले भने। अहिले चालक र सहचालक दुबैलाई आवश्यक कारबाहीका लागि प्रहरीमा पठाइएको उनले जानकारी दिए।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.