योजना एकाएक पर्दाफास प्रचण्ड र ओलीसंग भेट गरेर लगतै भारततिर

२८ माघ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग भेट गरे लगत्तै नेकपा माओवादीका नेता एवं पार्टीका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ भारत जान लागेका छन् । श्रेष्ठ आज साँझ दिल्ली जान लागेका हुन् ।

फाइल तस्बिर

माओवादी निकट प्रवासी संगठन अखिल भारत नेपाली एकता समाज दिल्ली शाखाको सम्मेलनको भोली हुने कार्यक्रमको उद्घाटन गर्न श्रेष्ठ दिल्ली जान लागेका माओवादी केन्द्रका विदेश विभागका एक सदस्यले बताए ।
श्रेष्ठले राजनीतिक भेटघाट गर्ने उदेश्य सहित नेपालबाट भारत जाने टिकट मात्र लिएका छन् । केही दिन दिल्लीमै बसेर राजनीतिक भेटघाट गर्ने उदेश्यको साथ श्रेष्ठ भारत भ्रमणमा जान लागेको स्रोतले बतायो ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.