महानिरीक्षक नियुक्ति प्रकरणमा अर्को नयाँ रोचक घटना

१ फागुन, काठमाडौं ।
कार्यबाहकको खोजीमा लागेका प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले नवराज सिलवाल र जयबहादुर चन्दलाई छाडेर प्राविधिक तर्फका एआईजीलाई कार्यबाहक प्रहरी प्रमुख बनाउने भएका छन् ।
एआईजी डा. दिनेशचन्द्र पोखरेलले कार्यबाहक प्रहरी प्रमुखको जिम्मेवारी पाउने निश्चित भएको स्रोतले बतायो ।
अर्यालको कार्यकालको अन्तिम दिन आइतबार विहानै सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । तर, केही घन्टामै सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि कार्यावहाक प्रमुखको जिम्मेवारी पोखरेलले पाउने भएका छन् ।
कार्यवाहक महानिरीक्षकमा यसरी वरियताक्रम भन्दा निकै परका पोखरेललाई छनोट गरिनु रोचक मानिएको छ। यसअर्थमा पनि कि उनी प्राविधिक तर्फका एआईजी हुन र हाल नेपाल प्रहरी अस्पतालको प्रमुखका रुपमा कार्यरत छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.