म श्रम मन्त्री होईन ‘शरम’ मन्त्री भाछु – मन्त्रि गुरुङ

मलेसिया – सरकारका एक मन्त्रीले आफ्नो मन्त्रालय श्रम मन्त्रालय नभई शरम (लज्जा) मन्त्रालय भएको बताएका छन् । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित एक कार्यक्रममा बोल्दै श्रममन्त्री सुर्यमान गुरुङले आफ्नै मातहतको मन्त्रालयबारे यसरी असन्तुष्टी ब्यक्त गरेका हुन् । बैदेशिक रोजगारीलाई प्रभाबकारी बनाउन नसक्नु लज्जास्पद भएको स्वीकार गर्दै मन्त्री गुरुङले दलालहरुद्वारा श्रम मन्त्रालयलाई घेराबन्दी पार्ने काम भैरहेको स्पष्ट पारे । पहिले पनि बैदेशिक रोजगारीबारे आफुले बिभिन्न समस्या सुन्दै आए पनि अहिले बास्तबिकता थाहा पाएको किस्सा समेत सुनाए ।
आफु मन्त्री भैसकेपछि अनलाईनबाट श्रम स्वीकृती लिने राम्रो प्रक्रिया शुरु भएको भन्दै मन्त्री गुरुङले दलालप्रति ईंगित गर्दै भने , ‘हामीले शुरु गरेको कामले कतिपयलाई निन्द्रा लाग्न छोडिसकेको छ ।’ युवा जनशक्ति बिदेश पठाउने काम आफुलाई पटक्कै मन नपर्ने भएपनि आफ्नो भागमा श्रम मन्त्रालय नै आईपुगेको मन्त्री गुरुङ बताउँछन् । मलेसियामा कामदारका समस्या धेरै रहेको भन्दै गुरुङले मलेसियालाइ कामदार दिने – नदिने भन्नेबारे सरकार सोच्न बाध्य भएको पनि बताए ।
कार्यक्रममा नेपाली श्रमिकले मन्त्रि गुरुङसंग प्रत्यक्ष समस्या र गुनासाहरु राखेका थिए । शनिबार मलेसिया आईपुगेका मन्त्री गुरुङले मंगलबार मलेसियाका समकक्षी रिचर्ड रियोट्सँग भेटवार्ता गर्ने कार्यक्रम् छ । यसैबिच मलेसियामा रहेका नेपाली कामदारको हितका लागी एक कल्याणकारी कोषको स्थापना गरिएको छ । मलेसिया भ्रमणमा रहेका श्रम तथा रोजगार मन्त्रिको उपस्थितीमा कोषको स्थापना गरिएको हो । सञ्चालनमा ल्याईएको कोषमा झण्डै १० लाख रुपैया संकलन भएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.