नेपाली लाई क्यान्सर लाग्नुको मुख्य कारण र बच्ने उपाए....



क्यान्सरबाट मर्नेको संख्या बढ्दै गएको छ । भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. प्रकाशराज न्यौपानेका अनुसार नेपालमा वार्षिक ५० हजारको हाराहारी नयाँ क्यान्सर रोगी बढेको तथ्यांकहरूले देखाउँछ । लापरवाहा जीवनशैली, प्रदूषण, बढ्दो औषत आयु यसका मुख्य कारण हुन् । केही हदसम्म वंशाणुगत कारणले पनि क्यान्सर हुन्छ ।
शरीरका जुनसुकै अंगमा लाग्न सक्छ । यद्यपि, फोक्सो, पाठेघर, आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा, स्तन र रगतको क्यान्सर हुनेको संख्या विश्वमा ज्यादा छ । पछिल्लो समय नेपालमा धुम्रपान गर्नेको संख्या बढेसँगै फोक्सोको क्यान्सरका रोगी बढेका छन् । डा. न्यौपानेका अनुसार फोक्सो क्यान्सरका रोगीमध्ये ८० प्रतिशत धुम्रपानकै कारण देखिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार महिलामा स्तन क्यान्सर पहिलो र पाठेघरको क्यान्सर दोस्रो स्थानमा छ । ‘अर्वुद रोग निवारण संस्था’का अनुसार, नेपालमा पाठेघरको क्यान्सर पीडितको संख्या बढी रहेको छ । पछिल्लो समय हामीकहाँ पनि धुम्रपानका अम्मली बढेका छन् । स्कूल पढ्ने उमेर युवामा चुरोट तान्ने लत बसिसकेको हुन्छ । त्यसो त समाजको नेतृत्वमा पुगेका व्यक्ति पनि धुम्रपान, मध्यपानको लतबाट मुक्त छैनन् । अर्काेतिर खानपानको शैली परिवर्तन भएको छ । कामकाजी मानिस प्रायः घरबाहिर खाना बाध्य छन् ।
बाहिरको खाना स्वस्थवद्र्धक छैन । व्यस्तताका कारण समयमा खाना नखाने प्राय : लाई बाध्यता छ । यी कारणले शरीरको आन्तरिक सन्तुलन बिग्रन गई क्यान्सर निम्तिने नेपाल क्यान्सर रिलिफ समाज, ट्युमर बोर्डको संयोजक डा. प्रदीप वैद्य बताउँछन् । फलफूल, तरकारीमा विषादीको अत्यधिक प्रयोगले पनि क्यान्सरलाई बढावा दिएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.