गोठमा आगो लगाएपछि खुकुरी प्रहार गरि आफ्नै श्रीमतीको हत्या

१७ फागुन, गुल्मी।
गुल्मीको इस्मा रजस्थलमा एक व्यक्तिले खुकुरी प्रहार गरि आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
इस्मा रजस्थल गाविस १ अन्तर्गत थापाचौर निवासी ५९ वर्षीय यम बहादुर खत्रीले मंगलवार बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा ४५ वर्षीय श्रीमती कमला खत्रीलाई खुकुरी प्रहार गरि ढुङ्गाले थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले बताएका छन् ।
खुकुरी प्रहारवाट लक्ष्मीको घटना स्थलमै ज्यान गएको हो । खत्रीले श्रीमतीको हत्या गर्नु अघि आफ्नै गोठमा आगो समेत लगाएको स्थानीयहरुले बताएका छन् ।
दुई श्रीमती विवाह गरेका खत्री लामो समयदेखि कान्छी श्रीमतीसँग बस्दै आएका थिए । दुई श्रीमतीहरु मध्य खत्रीका जेठी श्रीमतीतर्फ ४ र कान्छी श्रीमतीतर्फ ४ गरि ८ सन्तानहरु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले खत्रीलाई मंगलवार अपरान्ह घटना स्थलवाट पक्राउ गरि हिरासतमा लिएको छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.