रवीन्द्र मिश्रले बीबीसी छोडे, नयाँ पार्टी खोल्ने

काठमाडौं- चर्चित संचारकर्मी रवीन्द्र मिश्रले बीबीसि नेपाली सेवाबाट राजीनामा दिएका छन्। उनले आज एक विज्ञप्ति जारी गर्दै उनले आफु राजनीतिमा होमिने बताएका छन्।
नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति (सिस्टम), पारदर्शिता (ट्रान्सपरेन्सी), इमान्दारी (इन्टेग्रटी) र उत्कृष्टता (मेरिटोक्रसी) अर्थात् ‘स्टिम’को चार खम्बामा सुसंस्कृत राजनीतिको जग निर्माण नगर्ने हो भने यो देशको रूपान्तरण हाम्रो जीवनकालमा सम्भव नभएको उनले बताएका छन्।  
सुसंस्कृत राजनीतिको सशक्त जग निर्माण गर्न सके दशकौंको स्वार्थलिप्त, दोहनकारी, आडम्बरी र अपारदर्शी राजनीतिका कारण देशको दुर्दशाबाट दिक्क भएका तर यो देश बनाउन सकिन्छ भन्ने विश्वास बोकेका स्वदेश तथा विदेशमा रहेका नेपालीले आफुलाई साथ दिने विश्वास मिश्रले गरेका छन्।  
 
विद्दयमान पार्टीहरूमार्फत अगाडि बढ्ने हो भने “आफू बदलिने तर समग्र देश नबन्ने” निष्कर्षमा पुगेका कारण आँफै पार्टी बनाएर अघि निष्कर्षमा पुगेको उनले बताएका छन्।
उनले नयाँ पार्टीको उद्देश्य सबै क्षेत्रका इमान्दार र क्षमतावान नेपाली मिलेर स्वच्छ राजनीतिको बलमा देशलाई रूपान्तरण गर्ने साझा मञ्च निर्माण गर्नु भएको विज्ञप्तिमा उल्लेख गरेका छन्।  देशको ठूलो जनसमुदाय त्यसरी एक ढिक्का हुँदा अस्तित्वमा आउने तर कहिल्यै देशको समृद्धिमुखी नेतृत्व गर्नै नसक्ने अर्को एउटा राजनीतिक पार्टी होइन, देशलाई आमूल परिवर्तनकारी दिशामा डोर्‍याउन सक्ने नेतृत्व निर्माण गर्न सकिने उनले विश्वास व्यक्त गरेका छन्।
आफुले सुरु गर्न लागेको राजनीतिक यात्रामा विश्वास, स्नेह र सहयोग अनि हाल गृहकार्यमा संलग्न साथीहरूले दिएको प्रेरणा र शक्तिले अत्यन्तै ठूलो ऊर्जा प्रदान गरेको मिश्रले बताएका छन्।  
विद्दयमान पार्टीहरूमार्फत अगाडि बढ्ने हो भने “आफू बदलिने तर समग्र देश नबन्ने” निष्कर्षमा पुगेका कारण आँफै पार्टी बनाएर अघि निष्कर्षमा पुगेको उनले बताएका छन्।
लोकल्याणकारी लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्रलाई आत्मसात गर्ने नयाँ पार्टीमातल्लो निकायदेखि तपाईंको सहभागितासहितको संगठन निर्माण हुने मिश्रले जनाएका छन्।  
अब बन्ने पार्टीमा अधिकांश पेशागत राजनीतिक पृष्ठभूमिबाट नआएकोले यो यात्रा राजनीतिक पृष्ठभूमिबाट आएकाहरूका लागि भन्दा बढी असहज हुने उनले बताएका छन्। राजनीतिमा इमान्दार, दूरदृष्टिपूर्ण,सशक्त र राष्ट्रव्यापी हस्तक्षेप नगरी कुनै पनि देशको समष्टिगत रूपान्तरण सम्भव नभएको उनले बताएका छन्।
'हामीले शुरु गर्न लागेको यो यात्रा केवल १०/१२ जना सांसदलाई संसद्‌मा पठाएर “राजनीति” गर्नका लागि होइन', मिश्रले भनेका छन्,  'यो देशको नेतृत्व गरेर नेपाली राजनीतिको चरित्र र सिंगो देश नै रूपान्तरण गर्नका लागि हो।' आफुलाई विफल हुने या ठीकै मात्र गर्ने सुविधा नभएको उनले स्पष्ट पारेका छन्।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.