बसले किच्दा वृद्धको मृत्यु ,बसबाट झरेर बाटो काट्न लाग्दा सोही बसले च्यापेर मृत्यु


लमजुङ, फागुन १७ । लमजुङको राइनास नगरपालिका–६ तीनपिप्लेमा मंगलबार यात्रीबहाक बसले किच्दा एक वृद्धको मृत्यु भएको छ ।

नारायणगढबाट डुम्रे हुँदै बोराङखोला जाँदै गरेको ना४ख ९६ नम्बरको बसले किच्दा राइनास नगरपालिका–११ प्यारजुङका ६९ वर्षीय गंगाराम गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसबाट झरेर बाटो काट्न लाग्दा सोही बसले च्यापेर गुरुङको निधन भएको हो ।
भरतपुर उपमहानगरपालिका–२१ का २८ वर्षीय चालक कान्छा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी सहायक निरीक्षक कृष्णबहादुर क्षत्रीले बताए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.