मनाङ–मर्स्याङ्दी र टीसी स्पोर्ट्सबीच सेमिफाइनल भिडन्त (लाइभ भिडियो) जारी खेल जित्ने टिमले कम्तीमा १५ हजार अमेरिकी डलर सुरक्षित गर्नेछ Video live ...

काठमाडौं, फागुन १६ । बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा अहिले नेपालको मनाङ–मर्स्याङ्दी क्लब र माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबबीच भिडन्त भइरहेको छ ।
मोहम्मद अजिज रंगशालामा जारी खेल जित्ने टिमले कम्तीमा १५ हजार अमेरिकी डलर सुरक्षित गर्नेछ ।
नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ पनि माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबबाट खेलिरहेका छन् ।
मनाङ समूह ‘बी’को उपविजेता बन्दै तथा टीसी स्पोर्ट्स समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
मनाङ कप्तान अनिल गुरुङले टिममा ८ राष्ट्रिय खेलाडीका साथै विदेशी खेलाडीहरु पनि रहेकाले टीसीलाई जित्न पर्याप्त रहेको बताएका छन् ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मंगलबार (भोलि) दक्षिण कोरियाको एफसी पोचियान र बंगलादेशको चितगोङ अव्हानी लिमिटेड भिड्नेछन् ।
विजेताले ३० हजार अमेरिकी डलर तथा उपविजेताले १५ हजार डलर पाउने भएकाले आजको खेल जित्ने टिमले कम्तीमा १५ हजार डलर सुरक्षित गर्नेछ ।

लाइभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.