‘एमाले अख्तियारसंग माओवादीको दूरी बढाइदिने षड्यन्त्रमा लाग्यो’



नुवाकोटः नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले नेकपा एमालेसहितका केही दलहरु अख्तियारसँग आफ्नो दलको दूरी बढाइदिने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। नुवाकोटको विदुरमा प्रेस सेन्टर नेपालको शुक्रवार गरेको पत्रकार सम्मेलनमा बादलले माओवादीको एकतादेखि अत्तालिएर एमालेलगायत दलले अख्तियार तथा माओवादीबीचको दूरी वढाउने योजना वुनिरहेको आरोप लगाएका हुन्। ‘एमालेसहित केही दलहरु माओवादीको अख्तियारसँग दूरी बढाइदिने षड्यन्त्रमा लागेका छन्,‘बादलले भने,‘त्यस्तो षड्यन्त्रले हाम्रो पार्टी र वर्तमान सरकारलाई केही असर गर्दैन।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको लोकप्रियता र कामको रफ्तारलाई देख्न नसकेर विरोधीहरुले अख्तियारमार्फत लडाकु शिविरको छानविनको विषयलाई उठाएको उनले आरोप लगाए। ‘लडाकु शिविरको रकमको छानविनको प्रसंग यो सरकारको गति रोक्ने असफल प्रयास हो,’ थापाले भने। उनले द्वन्द्वकालीन मुद्दाहरुलाई घुमाउरो पाराले सरकारले फिर्ता लिन लागेको संकेत गरे। बादलले देशमा द्वन्द्वकालीन मुद्दाहरुका कारण समाजसंग दूरी घटाउने भन्दा बढाउनेतर्फ जाने हुँदा त्यस प्रकारका मुद्दा फिर्ता लिनु भन्दा पनि मेलमिलाप आयोगमार्फत टुंगाउनु पर्नेमा जोड दिए। माओवादी नेतृत्वमा रहेको वर्तमान सरकारले संविधान संशोधन, मधेसवादी दलका माग सम्वोधन, संविधान कार्यान्वयन, भूकम्प पीडितका आवास निर्माण तथा देशको पर्यटनको विकासमा उल्लेख्य कार्य गरिरहेको दावी बादलले गरे। उनले संविधान संशोधन मार्फत जनताका माग पुरा गर्न सरकार क्रियाशिल रहेको पनि बताए। वादलले पछिल्लो समय नेपालको अन्तर्राष्ट्रिय सम्वन्ध कमजोर रहेको कारण सरकार पहिले भारत तथा चीनसंग सम्वन्ध सुधार गर्न लागिरहेको वताए। उनले नेकपा एमालेले संविधान संशोधनको प्रक्रियामा वर्तमान सरकारलाई साथ दिने वताए ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.