मलेसियामा उत्तेजक नृत्य गर्दै कपडा खोलेकी [भिडियो] कलाकार रिया श्रेष्ठ माथी गालीको बर्षा !

क्वालालम्पुर (मलेसिया) | चाइनिज नयाँ बर्षको पावन अवसरमा गत जनवरी २८ तारीख को दिन मलेसिया स्थित बाख्री वातु-८ मा सम्पन्न “युनिक सांस्कृतिक धमाका-४” नाम दिइएको कार्यक्रमको भिडियोले अहिले नेपाली सामाजिक सञ्जाल मा हँगामा मच्चिएको छ। ४ मिनेट १६ सेकेन्ड लामो उक्त भिडियोमा “ठमेल बजार” भन्ने गितमा नायिका तथा मोडल रिया श्रेष्ठले अश्लीलता पस्किदैँ आफुले लगाएको बाहिरी वस्त्र बिस्तारै बिस्तारै फुकाल्दै जान्छिन। र उनलाई साथ दिएका छन् हाँस्यकलाकार सुलेमान शंकर “इक्कु” ले। यि दुई कलाकारहरु नाच्दानाच्दै स्टेजमा नै एकाअर्का मा चुम्बन गरेका दृश्यहरु उक्त भिडियो मा देख्न सकिन्छ।
यो भिडियो सार्वजनिक भएपछि नायिका रिया श्रेष्ठको तीब्र आलोचना गर्ने क्रम बढेको छ | सामाजिक सञ्जालहरुमा भेटिएका केहि टिकाटिप्पणीहरु जस्ताको तस्तै:-
चन्द्र रानाभाट
मलेसियामा नेपाली कलाकारहरु आएर आफ्नो कला देखाउनु गौरवको कुरो हो, तर यस्ता खाले अश्लील हर्कत देखाउन का लागी कलाकार को नाम बेचेर रिया श्रेष्ठ जस्ता कलाकारहरु मलेसिया आउन जरुरी छैन। यो कार्यक्रममा म उपस्थित थिइनँ तर भिडियो देख्ने बित्तिकै मेरो कन्सिरी त्तातेर आयो। आइन्दा देखी यस्तो हर्कत देख्न र सुन्न नपरोस्।
देव कुमार अभागी
रिया,तिमि एक हिन्दु नारी हौ। हिन्दु धर्म ले पश्चिमी शैली अपनाई सकेको छैन। नारी भएर नारी को अपमान नगर्। अरु दिदिबहिनी कलाकारको इज्वत लाई बेइज्जति को बन्धकि मा नराख।तिमि ले गर्दा राम्रा र प्रतिभावान कलाकारहरु को बेइज्जत भो! आफ्नो इज्जत छैन छैन, कमसेकम अरुको इज्जत को ख्याल् गर्नु त! सिक्नु नि।
राजन केसी
मृत्युलाई गोजिमा राखी जोगाएको पैसा धुत्ने तरिका यस्तो पो हाहाहाहाहा… वाह रिया दिदि यस्तो डान्स पहिला घरमा आमाबाबु लाई देखाउनु अनि मात्र परदेशमा देखाउनु आउनु। अलिकति पनि इज्जत इमान को हेक्का नराख्ने तिमि मानव हौ कि दानव हौ? यदि तिमि लाई पैसा नै चाहिएको हो भने म कहा भिख माग्न आउनु।नत्र सवा तिन करोड नेपाली को इज्वत मा दाग लगाउने अधिकार तिमिलाई कस्ले दियो? रिया दिदि तिमि ले गर्दा सारा नेपाली को शिर झुकेको मैले महशुस गरेको छु।
सोनु लिम्बू
पैसा भएपछि सबथोक किन्न पाइन्छ तर इज्जत लाखौं करोडौं खर्च गरेर पनि किन्न पाइँन्दैन। के नाङ्गो हुँदा,सर्वाङ्गै देखाउदा मात्रै कलाकार भनेर चिनिन्छ? पैसा मा बिक्नेलाई इज्जत को केहि मतलब नहुने रहेछ। कुन माइती कुन आमाबाबु केहि थाहा नहुने रहेछ।
बाबुराम लुइँटेल
मलेसिया आएर,मलेसिया चिनाउनु पर्दैन ।हामी नेपाली हौं,हाम्रो संस्कार संस्कृति हामी लाई पनि राम्रोसँग थाहा छ।दर्शक को माग भनेर अश्लील डान्स देखाउदै पैसा लुट्न बानी परेका कार्यक्रम का आयोजकहरु लाई यो कुरा को छाप रहोस् कि परिवेश परिवर्तन हुँदैमा, सबै नेपाली को चाहना परिवर्तन हुँदैन।
नविन गजुरेल
अहिले सबैतिर ईन्टरनेट को पहुँच पुगेकाले, रिया श्रेष्ठ को डान्स मैले पनि लाइभ हेर्ने मौका पाएको थिएँ। उनको डान्स बिन्दु परिवार भन्दा कुनै कमि छैन।यस्ता पात्र हाम्रो समाज को कलाकार हुनै सक्दैन। ऊनी कला क्षेत्रबाट पतन त! भई नै हाल्छे, सुलेमान दाइ लाई पनि बदनाम गराई। यौटा पत्नी र पतिको बिचमा पचाउन नसकिने हर्कत देखाएकी छे। त्यसैले रिया लाई सामाजिक बहिष्कार गर्नुपर्छ। ऊनी विरुद्ध म मुद्दा दायर गर्ने वाला छु। यो भिडियो म सँग सुरक्षित छ।
कलाकार भनेका देशका गहना हुन।तर दर्शक को मान मर्यादा लाई सिरोपर गरेर आफ्नो कला प्रस्तुत गर्नु नै कलाकार को नैतिक धर्म हो।विगत का कार्यक्रमहरु मा पनि नेपाल बाट मलेसिया आएका कलाकारहरु ले हँगामा नगरेका भने होइनन्। बारम्बार कलाकारहरु को यस्तो हर्कत दोहोरिनु ले, आयोजक र दर्शक बिचको दुरि नबढ्ला भन्न सकिन्न। तसर्थ कुनै पनि कार्यक्रममा कलाकारहरु लाई निमन्त्रणा गर्दा आयोजक ले होश पुर्‍याउने बेला आएको छ।
यो भिडियो यस्तो रहेको छ |

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.