ट्रम्पले अमेरिका प्रवेशमा रोक लगाएपछि इरानले गर्‍यो मिसाइल परीक्षण


एजेन्सी: अमेरिकाको राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले ६ मुस्लिम राष्ट्रहरुका आप्रवासीलाई प्रवेश निषेध गरेपछि इरानले पहिलो पटक अन्तराष्ट्रिय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। व्हाइट हाउसका प्रेस सचिव सीन स्पिनरका अनुसार इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्‌को प्रस्ताव उल्लंघन गर्दै मिसाइल परीक्षण गरेको बताएको छ।
यो परीक्षणलाई इरानी नागरिकलाई अमेरिका प्रवेशमा ९० दिन रोक लगाए वापतको अमेरिकालाई जवाफ दिइएको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरुले जनाएको छ।
इरानको ब्यालेस्टिक मिसाइल परीक्षणपछि संयुक्त राष्ट्र सुरक्षा परिषद्‌ले उसको गतिविधिलाई रोक्‍नेतर्फ नयाँ प्रस्तावमा केन्द्रित भएको छ। सन् २०१५ को परमाणु सम्झौता अनुसार संयुक्त राष्ट्रले कुनै राष्ट्रलाई परमाणुमा ८ वर्षसम्‍म परमाणु बनाउन नियम लगाउन सक्छ।
मिसाइल परीक्षणबारे सुरक्षा परिषद्‌‌ले इरानसँग कुरा गर्ने
संयुक्त राष्ट्रको सुरक्षा परिषद्‌ले इरानले गरेको ब्यालेस्टिक मिसाइल परीक्षणबारे तत्काल वार्ता गर्ने भएको छ। संयुक्त राष्ट्र संघमा इजराइलको राजदूतलाई परिषद्‌बाट कारबाहीको माग गरेपछि अमेरिकाले यस बारेमा तत्कार इरानसँग वार्ता गर्ने भएको हो।
इरानले यसको पालना नगरेको अमेरिकी गृह मन्त्रालयका प्रवक्ता मार्क टोनरले बताएका छन्। उनले भनेका छन्, 'इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्‌लाई अस्विकार गर्दै ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। यस बारेमा अमेरिका सुरक्षा परिषद्‌‌को नियम उल्लंघन भए/नभएको पत्ता लगाइरहेको छ।'

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.