ट्रम्पका प्रशंसक हुन् क्यानडामा ६ मुश्लिमको ज्यान लिने यी व्यक्ति

क्यानडामा क्यूबेकको एक मस्जिदमा हमला गरेर ६ मुश्लिमको हत्या गरेको विषयमा क्यानडाका पुलिसले एक फ्रेन्च–क्यानाडेली छात्रमाथि आरोप लगाएका छन् । एलेक्जेन्डर बिसोनेटमाथि ६ को जानीजानी हत्या र पाँचजनाको हत्या कोसिसको आरोप लागेको छ ।
आइतबार बेलुका क्यूबेक इस्लामिक कल्चरल सेन्टरमा हमलापछि २७ वर्षीय एलेक्जेन्डरलाई थोरै समयका लागि सिटी कोर्टमा लगिएको थियो । जब हमला भयो तब त्यहाँका मानिसहरु नमाज पढिरहेका थिए ।
गोलीबारी हुँदा मस्जिदमा ५० भन्दा बढिको उपस्थिती थियो । हमलामा १९ जना घाइते भएका छन् । सबै घाइते पुरुष हुन् ती मध्ये पाँचजना अझै अस्पतालमा छन् । यीमध्ये दुबैको स्थिती गम्भीर छ ।
हमलाको विषयमा मोरोक्कोसँग सम्बन्धित एक व्यक्ति मोहम्मद खादिरलाई पनि पक्राउ गरिएको थियो । खादिरलाई प्रत्यक्षदर्शीको रुपमा पेश गरिन लागिएको हो । क्यूबेकको प्रान्तीय पुलिसले मारिएका सबै ६ व्यक्तिको नाम सार्वजनिक गरेको छ ।
पुलिसले संदिग्धलाई क्युबेक सिटीबाट उनको कारलाई पक्राउ गर्यो । एलेक्जेन्डरले नै पुलिसलाई फोन गरेर यसमा मद्दत गर्न चाहेको बताएका थिए । स्थानीय मिडियाका अनुसार एलेक्जेन्डले लेवल युनिभर्सिटीबाट राजनीतिक विज्ञान र मानवशास्त्रको पढाई गरेका छन् । यो युनिभर्सिटीको क्याम्पस मस्जिदबाट तीन किलोमिटर टाढा छ ।
सोसल मिडियाका अनुसार उनी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र फ्रेन्च नेशनत फ्रन्ट नेता मरिनले पेनलाई रुचाउँथे । एक अधिकारीका अनुसार एलेक्जेन्डरको पहिचान एक दक्षिणपन्थीको रुपमा भएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.