लोक सेवा आयोगले थप्यो सुब्बा पदको फाराम भर्ने म्याद (माग फाराम)


काठमाडौँ– लोकसेवा आयोगले राजपत्रअनङ्कित प्रथम श्रेणी (नायब सुब्बा)को दरखास्त फाराम भर्ने म्याद तीन दिन थपेको छ ।
आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले अनलाइनमार्फत फाराम भर्ने अत्यधिक उम्मेदवार भएको र फाराम भर्न प्राविधिक समस्या देखिएकाले यही माघ २८ गतेसम्म म्याद थप गरिएको जानकारी दिए ।
उनले एकै पटक धेरै उम्मेदवारले फाराम भर्दा सर्भर अवरुद्ध हुन पुगेको बताए । सर्भर अवरुद्ध भएपछि फाराम भर्ने आवेदकहरुले आयोगमा गई नाराबाजी गरेपछि सहसचिव कोइरालाले सूचना निकालेर तीन दिन म्याद थप गरेका हुन् ।
उनका अनुसार सुरु दस्तुरमा आगामी शुक्रबार र दोब्बर दस्तुरका लागि माघ २८ गतेको समय थप गरिएको छ ।
गत पुस २७ गते दरखास्त आह्वान गरिएको नासुको आज मङ्गलबारसम्म सुरु दस्तुर र माघ २५ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न समय तोकिएको थियो ।
नासुमा चार सय ५६ जनाका लागि दरखास्तमा माग गरिएकामा अहिलेसम्म करिब २१ हजारले फाराम भरेको आयोगका दरखास्त सङ्कलन शाखाका अधिकृत नारायण गौतमले जानकारी दिए ।
माग फाराम

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.