प्रचण्ड सरकार चुनावमा जान डरायो : रावल

डोटी: नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री भीम रावलले सरकार चुनावमा जान डराइरहेको बताएका छन्। डोटीमा पत्रकारहरुसँग कुरा गर्दै रावलले भने, 'सबै दलहरुको सहमति भएपछि मात्र चुनाव हुन्छ भन्नु चुनाव नगर्ने बाहना हो'
नेता रावलले सरकारले प्रमुख प्रतिपक्षदल नेकपा एमालेसँग चुनावको मिति घोषणा गर्न गरेको सम्झौता कार्यान्वयन नगरेको दाबी गरे। उनले भने, ' सरकारले चुनाव नगराउने बहाना गर्दैछ।'
रावलले २०७० सालको संविधानसभाको निर्वाचनमा मोहन वैद्यले नेतृत्व गरेको नेकपा माओवादीलगायत ३३ दलहरुले चुनाव वहिस्कार गर्दा पनि चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको उदाहरण दिँदै उन भने ' प्रचण्ड सरकारले सबै दलहरुबीच सहमति भएपछि मात्रै चुनाव गराउँछु भन्नु सरासर डराएर पछि हट्नु सिवाय अरु केही होइन।' उनले सबै दलको सहमति खोजेर मात्रै चुनाव गर्ने हो भने देशमा कहिल्लै चुनाव नहुने जिकिर गरे।
मधेशमा एमाले कमजोर भएको भन्‍ने पत्रकारहरुको प्रश्‍नमा उनले एमाले मधेशमा झन बलियो भएको दाबी गरे। उनले भने 'दुई चार जना नेताहरुले बिरोध गर्दैमा एमाले कमजोर भयो भनेर प्रचार गरिनु एमाले माथिको षड्यन्त्र हो।'
मधेशमा आयोजना गरेका कार्यक्रमहरुमा जनताको उत्साहजनक उपस्थितिले एमालेले कमजोर नरहेको कुरा पुष्टि गरेको छ।' एमालले मधेशलाई केन्द्रित गर्दै मेची-महाकाली विशेष अभियान सञ्चालन गर्ने योजना बनाएको नेता रावलले बताए।
उनले भने 'देश टुक्राएर छुट्टै देश बनाउँछु भनेर खुल्याम भेलागर्दै हिड्ने सि के राउतलाई सरकारले छुट दिनुले यो सरकार कति राष्ट्रबादी छ भन्ने कुरा प्रष्ट भएको।' उनले नेकपा एमाले राष्ट्र, राष्ट्रियता र जनताको सर्वोच्चता विपरीत हुने गरी कुनै प्रकारको सम्झौता नगर्ने दाबी गरे।
विमानस्थलमा भारतीय सेनालाई राखेकोप्रति सरकारको कडा आलोचना गर्दै रावलले भने 'यस बिषयमा प्रधानमन्त्री सरासर झुटो बोल्दै हुनुहुन्छ, प्रधानमन्त्री नै झुटा बोल्न थाल्नुभयो भने यो देशको अवस्था कस्तो होला?'
उनले एमालेले नेतृत्व गरेको सरकारको पालामाभारतीय सेनालाई बिमानस्थलमा राख्ने गरि कानुनको मस्यौदा वनेको भनी प्रसार गरिनु दुर्भाग्यपूर्ण भएको भन्दै आक्रोस पोखे। उनले प्रश्न गरे 'आधार र प्रमाण बिनै प्रधानमन्त्री जस्तो जिम्मेबार व्यक्तिले यस्तो कुरा भन्‍न मिल्छ?'
नेता रावलले भने 'संविधान संसोधनअहिलेको आवश्यकता होईन, संविधान कार्यान्वयन अहिलेको आवश्यकता हो।' 'मैले देशमा विखण्डन ल्याउने गरि पटनामा बैठक भएको भन्दा प्रधानमन्त्री प्रचण्ड स्वयम्‌ले यस्तो नभएको दाबी गरेका थिए।'
उनले भने, 'पछि तिनै प्रधानमन्त्रीले पटनामा बैठक त भएको रहेछ तर के बिषयमा छलफल भएको हो त्यो थाह भएन भनेर अभिव्यक्ति दिए।'

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.