पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा बेपत्ता


पूर्वमुख्यसचिव तथा गृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुली नदीमा बेपत्ता भएको छ। मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली नदीमा खसेर बेपत्ता भएको चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरले सेतोपाटीलाई बताए। कुँवरका अनुसार कारमा को–को थिए भन्ने खुलेको छैन। ‘कार त्रिशुली नदीमा बेपत्ता छ, त्यसमा पूर्वगृहमन्त्री माधव घिमिरे हुनुहुन्थ्यो भन्ने खुलेको छ,’ कुँवरले भने, ‘कार नम्बर तथा को–को हुनुहुन्थ्यो भन्ने खुलेको छैन।’ उनका अनुसार दुर्घटनामा परेको कार तथा बेपत्ताहरूको खोजीका लागि प्रहरी खटिएको छ। घिमिरे खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष हुँदा गृहमन्त्री थिए।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.