व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको सम्बोधन,,,गोवामा एउटा ठूलो अवसरलाई सदुपयोग गरेः प्रचण्ड
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका संसदमा सम्बोधन गर्दै संविधान संशोधनको अन्तिम चरणमा पुगेको बताएका छन् ।
प्रधानमन्त्रीले गोवा भ्रमणका विषयमा संसद्लाई जानकारी गराउने भनिएको भए पनि सम्बोधनको सुरुमै प्रधानमन्त्रीले संविधान संशोधनको प्रक्रियाको अन्तरिम तयारी भइरहेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले २०७४ को नयाँ वर्षसँगै काठमाडौँमा मेलम्चीको खानेपानी राजधानीमा ल्याउने निर्देशन दिएको समेत व्यवस्थापिका संसदलाई जानकारी गराएका छन् ।
प्रचण्डले आफू प्रधानमन्त्री भएपछि गरेका सम्पूर्ण कामको जानकारी गराइरहेका छन् ।
गोवा भ्रमण उपलब्धिमूलक
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारतको गोवा भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । प्रचण्डले नेपाल र भारतलेअघि बढाएका परियोजना नियमित अनुगमन गर्ने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत कुराकानी भएको बताए ।

भारतबाट सञ्जालित चालु योजना तत्काल सञ्चालन गर्ने सहमति भएको समेत दाहालले प्रष्ट पारे । नेपालस्थित भारतीय दूतावास र नेपाल सरकारका सचिवको नेतृत्वमा भारतबाट सञ्चालिन परियोजना अनुगमन गरिने प्रचण्डले प्रष्ट पारे ।
‘एउटा सरकार र अर्को राजदूतले अनुगमन गर्ने भन्ने कन्फ्युजन समेत गोवा भ्रमणबाट हटाइएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
गोवामा एउटा ठूलो अवसरलाई सदुपयोग गरेः प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले भारतको गोवामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङ सँगको त्रिपक्षीय भेटवार्तालाई एउटा ठूलो अवसर भएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भारतको गोवामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङ सँगको त्रिपक्षीय भेटवार्तालाई एउटा ठूलो अवसर भएको बताएका छन् ।
‘त्यो ठूलो अवसर थियो, जसलाई मैले सदुपयोग गरेकोमा मलाई गर्व छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘योजना भएको भए त्यो मिलाउन सकिने थिएन । योजना भए त्यो सम्भव पनि थिएन ।’
त्रिपक्षीय भेटवार्ताका विषयमा अनावश्यक चर्चा गरेर मित्र राष्ट्रसँगको सम्बन्धमा खसर पार्ने टिकाटिप्पणी नगर्न समेत प्रधानमन्त्रीले सबैलाई आग्रह गरेका छन् ।
0 comments
Write Down Your Responses