मुखर्जीको स्वागतका लागि भारत र नेपाली राष्ट्रिय झन्डाले सजिदै सहर



काठमाडौँ: भारतका राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमणको तयारीका लागि काठमाडौँका मुख्य स्थल स्वागतद्वार र दुबै देशका राष्ट्रिय झन्डाले सजिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उनी सवार हुने मुख्य सहर, चोक, आवासस्थल र राजधानीका केन्द्रमा स्वागत तथा सजावट गरिएको हो। स्वागतद्वारमा अङ्ग्रेजीमा ‘भारतका महामहिम राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालमा हार्दिक स्वागत छ’ लेखिएको छ। विमानस्थल, नयाँबानेश्वर, रामशाह पथ, शीतलनिवास, कालीमाटी, बौद्ध, गौशालालगायतका स्थानमा स्वागतद्वार बनाइएको छ । सहरमा सरसफाइ, रङ्गरोगन र ब्यानर राख्ने क्रम जारी छ । झन्डा राख्ने कामको संयोजन नेपाली सेनाको पल्टनले गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्दै छन्। रासस

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.