काठमाडौँ आइपुगेकै दिन लोकमानको पद निलम्बित, काम गर्न बन्देज

काठमाडौँ, ३ कात्तिक । झण्डै एक महिना विदेश बसेर बुधबारमात्रै नेपाल फर्किएका अख्तियार प्रमुख लोकमान सिंह कार्कीको पद तत्कालका लागि निलम्बनमा परेको छ ।
महाअभियोग प्रस्ताव दर्ता भएपछि यसको टुंगो नलागेसम्म सम्बन्धित पदाधिकारीले काम गर्न नपाउने वा भूमिका निलम्बित हुने संवैधानिक प्रावधान छ।
सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एमालेका १५७ सांसदले हस्ताक्षर गरी प्रमुख आयुक्त कार्कीविरुद्ध आज व्यवस्थापिका–संसद् सचिवालयलाई महाअभियोग प्रस्ताव बुझाएका थिए । संवैधानिक प्रावधानअनुसार महाअभियोग दर्ताका लागि आवश्यक पर्ने कम्तीमा एक चौथाई सांसदको सङ्ख्या पु¥याएर प्रस्ताव अघि बढाइएको हो ।
कार्कीमाथि सर्वोच्च अदालतले उपस्थित हुन आदेश दिँदा पनि अटेर गरेर अदालतको अपहेलना गरेको आरोप लगाइएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.