हेल्प नेपाल नेटवर्कले बुझाएन आर्थिक विवरण, सं‌स्थाको पारदर्शितामा उठ्यो प्रश्न

लण्डन: बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको चर्चित सामाजिक संस्था हेल्प नेपाल नेटवर्कले त्यहाँको कानुन अनुसार आर्थिक र प्रगति प्रतिवेदन नबुझाएपछि स‌ंस्थाको आर्थिक पारदर्शितामा प्रश्न उठेको छ।  

बेलायतमा दर्ता भएका सामाजिक संस्थाहरुले च्यारिटी कमिसनलाई  हरेक वर्ष निश्चित समयभित्र आर्थिक र प्रगति विवरण बुझाउनु पर्छ। च्यारिटी कमिसन बेलायतको सरकारी विभाग हो जसले दर्ता भएका च्यारिटी संस्थाहरुको नियमन गर्छ। 

हेल्प नेपाल नेटवर्कले ३१ अगस्‍त २०१५ सम्मको एक वर्षको आर्थिक र प्रगति विवरण  जून २०१६ सम्म बुझाउनु पर्नेमा  समय नाघेको करिब चार महिना बितिसक्दा पनि आर्थिक र प्रगति विवरण नबुझाएको  RegisteredCharityNumber=1088951&SubsidiaryNumber=0" style="background: rgb(255, 255, 255); color: rgb(9, 108, 172) !important; cursor: pointer; font-family: "Ek Mukta", sans-serif; font-size: 22.4px; text-decoration: none;" target="_blank">च्यारिटी कमिसनको वेबसाइटमा
 उल्लेख छ।  

समयमा विवरण नबुझाएपछि हेल्प नेपाल नेटवर्कलाई सन्देहको घेरामा राखिएको छ, जसले दाताहरुलाई  संस्थालाई सहयोग गर्न भन्दा पहिले सचेत गराउँछ।  

हेल्प नेपाल  नेटवर्कको वेवसाइटमा भने  अझै नेपालको भूकम्प पीडितहरुको लागि सहयोग संकलन गरिरहेको उल्लेख छ।  हेल्प नेपाल  नेटवर्कले हाल सम्म दस लाख अमेरिकी डलर सहयोग संकलन भएको र अझै सहयोग संकलन जारी रहने जनाएको छ।  

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.