दुर्घटनामा सशस्त्र प्रहरी जवानको मृत्यु



पूर्व पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ–पथलैया सडकखण्डमा आज बिहान भएको सडक दुर्घटनामा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प फुलगामा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान विनोदबाबु वस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। वा १ त ७७७७ नंको मोटरसाइकलमा सवार भएर बीरगन्जतर्फ जाँदै गर्दा विपरित दिशाबाट आउँदै गरेको ना १ त ६०३८ नंको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा गम्भीर घाईते भएका मोटरसाइकल चालक सशस्त्र प्रहरी जवान वस्नेतको उपचारका क्रममा बीरगन्जस्थित नेशनल मेडिकल कलेज, शिक्षण अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। रासस

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.