आँखाको शल्यक्रिया गरेका बिरामीको अस्पतालमा मृत्यु, मेची आँखा अस्पताल तनावग्रस्त



चिकित्सकको लावरबाहीले आँखाका विरामीको मृत्यु भएको घटनालाई लिएर शनिबार मेची आँखा अस्पताल तनावग्रस्त बनेको थियो। गौरादह नगरपालिका– १० कोहबाराका ६० वर्षीय ईश्वरलाल ताजपुरियाको आईखा उपचार गर्ने क्रममा शनिबार अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तले तनाव उत्पन्न गराएका थिए। चिकित्सकको लापरबाहीले आँखाका विरामीको मृत्यु भएको हो भन्दै उनीले ५ लाख क्षतिपूर्तिको माग राख्दै अस्पतालबाट शव बुझ्न मानेन्। शनिबार राति अस्पताल प्रशासन र मृतकका आफन्तबीच भएको छलफलमा मृतकका परिवारलाई राहत स्वरुप १ लाख ५० हजार दिने सहमति पछि ताजपुरियाको शव आफन्तले बुझेका छन्। छलफलमा सहभागी आदिवासी नेता असारू राजबंशी सेतोपाटीलाई भने, ‘हामीले ५ लाख माग गरेका थियौ तर, अस्पताल प्रशासनले राहत स्वरुप डेढ लाख दिने सहमति पछि आफन्तले शव बुझेको हो।’ मेची आँखा अस्पताल शैनिक मोडमा शुक्रबार बायाँ आँखाको शल्यक्रिया गरेका ताजपुरियाको शनिबार अस्पतालकै बेडमा मृत्यु भएको हो। शुक्रबार उपचार खर्च अपुग भएर घर फर्किएका ताजपुरिया शनिबार विहान पुनः उपचारका लागि अस्पताल भर्ना भएका थिए। मृतकका आफन्तका अनुसार शनिबार आँखाको ड्रेसिङ्ग गर्ने क्रममा उनको मृत्यु भएको हो । तर अस्पताल प्रशासनले भने आँखाको शल्यक्रिया गरेकै कारणले विरामीको मृत्यु नभएको दाबी गरेको छ। डा. पवन महतले ताजपुरियाको सल्यक्रिया गरेका थिए। उनले भने सल्यक्रिया सफल भएको हो। उपचारमा कति पनि तलमाथि छैन,’ सेतोपाटीसँग टेलिफोनमा कुरा गर्दे उनले भने, ‘अन्य कुनै कारणले उहाँको मृत्यु भएको घटनामा सन्देह छैन।’ राहत स्वरुप १ लाख ५० हजार किन दिएको हो भन्ने जिज्ञासामा उनले थपे, ‘मानवीय आधारमा मात्र अस्पताल प्रशासनले मृतकका परिवारलाई राहत दिने भएको हो।’

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.