प्रचण्डले पाँच नम्बर किन टुक्राउन खोजे ? यस्तो छ लुकेको स्वार्थ



बुटवल, ९ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रदेश नं ५ को सीमाङ्कन हेरफेर गर्ने प्रस्ताव राजनीतिक बाध्यताले आएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनताको चाहना एकातिर हुँदाहुँदै पनि राजनीतिक सहमतिका लागि सीमाङ्कन हेरफेर गर्न खोजिएको बताउँदै लुम्बिनी अञ्चलका पाल्पा, गुल्मी र अर्घाखाँची तथा राप्तीका प्युठान र रोल्पालाई प्रदेश नं ४ मा लैजाने गरी संविधान संशोधन प्रस्ताव दर्ता हुन लागेको स्पष्ट पार्नुभयो । “भावनात्मक रुपमा यो प्रदेश नटुक्रिएको राम्रो हो”, उहाँले भन्नुभयो, “उपेक्षित एउटा समूहले संविधान अस्वीकार गरेपछि संविधान कार्यान्वयनका लागि पनि संविधान संशोधन गर्नुपरेको हो ।” उहाँले अङ्गीकृत वैवाहिक महिलाका हकमा केही कुरा स्पष्ट गर्न मात्रै खोजिने बताउनुभयो । मधेसका माग सम्बोधनका लागि पाँच नम्बर प्रदेश टुक्राउने गरी सरकारले संशोधन प्रस्ताव ल्याउने तयारी गरेको छ । रासस

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.