मध्यरातमा एमालेले गर्यो ‘बोल्ड’ निर्णय, प्रधानमन्त्रीलाई पर्ने भो समस्या


काठमाडौं, ५ मंसिर । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संविधान संशोधनमा कुनै आउने कुनै पनि प्रस्तावको विपक्षमा जाने निर्णय गरेको छ । काठमाडौंको धुम्बाराहीमा आइतबार बेलुका आकस्मिक बसेको स्थायी समितिको बैठकले संविधान संशोधनभन्दा पनि संविधान पालनका विषयमा सबैसँग आग्रह गर्ने निर्णय गरेको हो एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार एमालेले संविधान संशोधनमा कुनै पनि हालतमा सहयोग नगर्ने बताउनुभयो । ‘९० प्रतिशतभन्दा बढी सभासदहरूको समर्थन र हस्ताक्षरमा बनेको संविधान संशोधन गर्ने होइन’, उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयन पनि होइन अहिलेको आवश्यक्ता भनेको संविधानको रक्षा र पालना महत्वपूर्ण छ ।’ सचिवालय सचिव श्रेष्ठले सरकार गठनका बेला कोसँग कहाँ के सहमति भयो ? त्यसमा एमालेको कुनै चासोको विषय नरहेको भन्दै सत्ता टिकाउन एमालेले संशोधनमा सहयोग नगर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बेलुका पाँच बजे प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बोलाउनु भएको छ । सो बैठकमा सहभागी भएर संशोधनका पक्षमा एमाले नरहेको जानकारी गराउने स्थायी समितिको निर्णय पनि सुनाइनेछ । संशोधनका लागि सत्तारुढ दलहरूले तयारी गरिरहेका बेला एमालेको बोल्ड निर्णयले कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चालाई कडा झट्का लागेको छ !

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.