माओवादी नेता रायमाझिले पार्टी छाड्दै, एमालेमा प्रवेश गर्न छलफल


काठमाडौं १५ मंसिर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले पार्टी छाड्ने भएका छन् । पार्टीभित्र असहमतिका बाबजुत संसोधन प्रस्ताव ल्याएको भन्दै संसदीइ दलको उपनेता समेत रहेका रायमाझिले माओवादी केन्द्र छाड्ने निर्णय गरेका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने त्यसको जानकारी गराएका छ्रनन । मंगलबार राति सरकारले ५ नम्बर प्रदेश टुक्राउँदै संसोधन प्रस्ताव दर्ता गरेको छ । नेता रायमाझीले ५ नम्बर प्रदेश टुक्र्याउन खाजे प्रस्तावको विपक्षमा जाने पोलिटब्युरो बैठकमा नै चेतावनी दिइसकेका थिए । ‘आजै पार्टी छाडेको भन्ने होइन तर जनताको भावना नबुझ्ने पाटीमा बसिरहनु पर्छ भन्नेपनि छैन’ रायमाझिले भने, केहीदिनमा पार्टीमा रहने की नरहने भन्नेमा मेरो निर्णय आउनेछ । ’ आफु निकटस्थ नेताहरुलाई उनले आफु माओवादी केन्द्र छाड्ने निस्कर्षमा पुगेको बताएका छन् । त्यसको जानकारी उनले सीमांकन टुक्र्याएको विरुद्धमा सँगै रहेका एमाले उपमहासचिव विष्णुपौडेल र कांग्रेस नेता चन्द्र भण्डारीलाई दिइसकेका छन् । नेता रायमाझिले भने अहिले नै पार्टी छाड्न नलागेको बताए । नेपालीपाटीसँग छोटो प्रतिक्रिया दिदै रायमाझिले आबश्यक परे पार्टी छाड्ने तर निर्णयमा पुगि नसकेको बताए । ‘आजै पार्टी छाडेको भन्ने होइन तर जनताको भावना नबुझ्ने पाटीमा बसिरहनु पर्छ भन्नेपनि छैन’ रायमाझिले भने, केहीदिनमा पार्टीमा रहने की नरहने भन्नेमा मेरो निर्णय आउनेछ । ’ स्रोतका अनुसार उनी प्रमुख प्रतिपक्ष नेकपा एमालेमा प्रवेश गर्ने विषयमा पनि छलफल भइरहेको छ । उपमहासचिव विष्णु पौडेलको सहजीकरणमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटि सकेका छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.