नयाँ शक्तिले झण्डा र चुनाव चिन्ह फेर्यो, अब यस्तो हुनेछ



काठमाडौँ – नयाँ शक्ति नेपालले पार्टीको झण्डा र चुनाव चिन्ह फेर्ने निर्णय गरेको छ । पार्टीको राजनीतिक समिति र काठमाडौँमा उपलब्ध केन्द्रीय कार्यकारीणी सदस्यहरुको बिहिबार बसेको बैठकले सो निर्णय गरेको हो । रातोपाटीले पहिलो पटक नयाँ शक्तिले झण्डा र चुनाव चिन्ह फेर्ने समाचार प्रकाशित गरेको थियो । बैठकको निर्णय अनुसार पार्टीको नयाँ चुनाव चिन्ह आँखा हुनेछ भने पार्टीको झण्डामा रातो पृष्ठ भूमिमा पाँचवटा ताराहरु रहनेछन् । यसअघि पार्टीको चुनाव चिन्ह तारा र झण्डामा रातोपृष्ठ भूमिमा एउटा तारा रहेको थियो । तर, यसमा विवाद देखिएको थियो । निर्वाचन आयोगले पनि त्यसलाई नमान्ने बताएपछि पार्टीले झण्डा र चुनाव चिन्ह फेर्ने निर्णय गरेको हो । अब नयाँ चुनाव चिन्ह र झण्डा निर्वाचन आयोगमा पुनः बुझाइनेछ ।
पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा एक नम्बर प्रदेश संयोजक पासाङ शेर्पाका अनुसार आजको बैठकले निम्न निर्णयहरु गर्यो : 
– अबदेखि केन्द्रीय नेताले अनिर्वाय रुपमा पार्टीलाई मासिक मासिक लेवी बुझाउनुपर्नेछ ।
 – केन्द्रीय कार्यकारिणी सदस्यले मासिक एक हजार र केन्द्रीय परिषद सदस्यले मासिक ५ सय            बुझाउनुपर्नेछ ।
 – केन्द्रीय कार्यकारिणीमा १ सयबढी सदस्य रहेका छन् भने केन्द्रीय परिषदमा ५ सय बढी सदस्य रहेका छन् । 
– नवप्रवेशी मदन केसीलाई केन्द्रीय कार्यकारिणी सदस्यत तथा कास्की जिल्लाको उत्प्रेरक बनाउने निर्णय गरिएको छ ।
 – गुप्ता हमाललाई आमन्त्रित कार्यकारिणी सदस्य तथा ४ नम्बर प्रदेशका सहसंयोजक बनाउने निर्णय । – भाइरजा पाण्डे बाबुराम भट्टराईको राजनीतिक सल्लाहकार नियुक्त । भाइराजा बाबुरामका कक्षाका साथी पनि थिए । 
– पार्टीको स्वास्थय, योग तथा साधाना विभागको प्रमुख डा चेतनाथ अधिकारीलाई बनाउने । 
– श्रम तथा वैदेशिक रोजगार विभागको प्रमुखमा दानबहादुर तामाङलाई बनाउने निर्णय ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.