लरबरिएको जस्तो देखिने प्रचण्डको फोटो भाइरल बनेपछि पुत्र प्रकाशले लेखे यस्तो स्ट्याटस


काठमाडौं । गत माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युएईको भ्रमण गरेका थिए । भ्रमणमा जाँदा उनले विभिन्न व्यक्तिहरुसँग भेटघाट गरे । भेटघाटको विषयलाई लिएर उनको एउटा अनौठो भिडियो/फोटो भाइरल बन्यो । उक्त भिडियो/फोटो कति सत्य थियो त्यो त भिडियो/फोटो बाहिर ल्याउने व्यक्ति अथवा स्वयं प्रचण्डलाई थाहा होला तर त्यसले सामाजिक सञ्जालहरुमा निकै ठूलो स्थान पायो । प्रधानमन्त्री दाहालले गोडा लब्र्याएर हिँडिरहेको जस्तो देखिने भिडियो/फोटो सामाजिक सञ्जालमा निकै भाइरल बन्यो । उक्त भिडियो/फोटोले प्रधानमन्त्री दाहाल र उनको पक्ष र विपक्षमा रहेको जनमतलाई एकपटक बहस गर्ने वातावरणको तहमा पुर्याइदियो । सोही प्रसंगमा दाहाल पुत्र प्रकाश दाहालले नेपालीहरुको यस्ता खाले प्रवृत्तिले निकै ठूलो बेइज्जती गरेको भन्दै गुनासो पोखेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले स्टाटस् लेख्दै सो गुनासो पोखेका हुन् । प्रचण्डको यो फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
प्रधानमन्त्री दाहालले गर्न खोजेको प्रत्येक सकारात्मक कामलाई एउटा समूहले देख्न नसकेको र गर्न खोजेका कामहरुलाई समेत ओझेलमा पार्ने काम गरेको भन्दै त्यस्तो खालको समूहको प्रकाशले कटाक्ष गरेका छन् । केही दिनअघि भाइरल भएको भिडियो समेत त्यसैको एउटै उदाहरण समेत भएको उनले प्रष्ट पारेका छन् । प्रचण्डले जति मेहनत गर्न खोज्छन्, त्यति यथास्थितिवादी तत्वहरुले विभिन्न तिगडमबाजी गरेर आझेलमा पारिदिने षडयन्त्र रचिरहेको भन्दै चर्को असन्तुष्टि पोखेका छन् । उनले केही महिनाअघि भारत भ्रमणमा भएको भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँगको एउटै भेटको प्रसंगलाई समेत तोडमोड गर्न खोजेको आरोप लगाएका छन् ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.