दाई विदेशमा हुँदा रौतहटमा देवर भाउजुबीच लसपस, घर आएपछि…



रौतहट, २७ पुस । रौतहटको करुनियाकी एक महिलाले प्रेमीसंग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छन् । प्रेमी उनकै देवर हुन् । कतारमा रोजगारी गरेर एक महिनाअघि मात्र घर फर्किएका २३ वर्षीय अभिनन्दन शाहको हत्या उनकै श्रीमतीले गराएको प्रहरीले पुष्टी गरेको हो । प्रहरीले साही पत्नी सकुन्तला देवी र अर्का एक युवकलाई पक्राउ गरेको छ । उनको घाँटी रेटेर हत्या भएको थियो । अनुसन्धानका क्रममा सकुन्तलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको खुलेको रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो । अभिनन्दन विदेशमा रहेका बेला सकुन्तला र नातामा मृतकको भाइ पर्ने मनिषकुमार सुमनबीच प्रेम सम्बन्ध रहेको थियो । अभिनन्दन घर फर्किएपछि सकुन्तला र अभिनन्दबीची खटपट सुरु हुन थालेको थियो । पतिले आफूहरुबीच प्रेम सम्बन्ध थाहा भएको र अवरोध सृजना भएको भन्दै सुकन्ताले नै श्रीमानको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । प्रेमिकासँगको योजना अनुसार पुस २१ गते गाउँकै एक खोलामा प्रेमी मनिषले अभिनन्दनको हत्या गरेका थिए । नातामा काकाको छोरा पर्ने मनिषले नम्बर पत्ता लगाइदिने भन्दै सिसौ घारीमा लगेर पछाडिबाट रडले टाउकोमा प्रहार गरे र बेहोस भएपछि घाँटी रेटेर हत्या गरेको खुलेको छ । प्रहरीले हत्यामा प्रयोग भएको रड र चक्कुका साथै मोबाइल बरामद गरेको छ । पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर हिरासतमा राखिएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.