एमालेको कम्मरसम्म आउने कुनै पार्टी छैनन्: अध्यक्ष ओली


विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदमा पेश भएको संविधान संसोधन प्रस्ताव पारित नहुने ठोकुवा गरेका छन्। सोमबार नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशनको विराटनगरमा उद्‍घाटन गर्दै ओलीले संशोधन प्रस्ताव पारित नहुने ठोकुवा गरेका हुन्। उनले भने‘ एमालेले समर्थन नगरेको संसोधन प्रस्ताव कुनै हालतमा पारित हुँदैन।’ओलीले जालझेल गरेर ससदमा संशोधन प्रस्ताव पेश गर्न सफल भए पनि प्रस्ताव पारित गर्न नसक्ने स्पष्ट पारे। उनले संविधान र देशको हित विपरित संसोधन प्रस्ताव ल्याइएकाले प्रस्तावको विपक्षमा एमाले सशक्त उभिने र पास हुन नदिने बताए। उनले भने‘संविधान विपरित ल्याइएको संसोधन प्रस्ताव कुनै हालतमा पारित हुन दिंदैनौं ।’ ओलीले देश संक्रमण कालको अन्तमा आइसकेकाले चाँडै निर्वाचन हुने र राजनीतिक स्थिरता आउने पनि बताए। उनले देशीविदेशी स्वार्थ टकरावको यो घडीमा सजग हुनुपर्ने पनि धारणा राखे । उनले यतिवेला देशमा एमालेलाई जित्नसक्ने कुनै पनि शक्ती नभएको ठोकुवा गरे। ‘तीन बर्ष अघिको दोस्रो पार्टी भनेर हुँदैन’उनले भने‘यतिवेला एमालेको कम्मरसम्म आउने पनि कुनै पार्टी छैनन्।’ देशको विकास नगरेर नेपाललाई लेवर पठाउने देशका रुपमा राखिराख्ने र त्यसबाट कमिशन खान नेताहरू सक्रिय रहेको उनको आरोप छ। उनले भने‘लेवर निर्यात गर्ने देशको रुपमा राखिराख्न खोज्नेहरू नेता हुन् की कमिसनखोर एजेन्ट बुझ्न गह्रो भएको छ।’ एमालेलाई मधेसबाट विदा गर्ने अभिव्यक्ती दिनेहरूलाई थान्कामा बस्न पनि उनले सुझाव दिएका छन्। ‘एमालेलेलाई मधेसबाट विदा गर्ने अभिव्यक्ती दिनेहरूलाई उत्तेजित कुरा नगरी थान्कामा बस्न सुझाव दिन्छु ’उनले भने‘गल्ती हाम्रै हो, नागरिकता दिइहालियो।’ मधेसवादी दलहरूप्रति कडा रुपमा प्रस्तुत भएका ओलीले मधेसवादी कुनै दल नभएको भन्दै मधेसीका नाममा १०/२० हजार भोट बटुलेर समानुपातिक प्रणालीको फाइदा उठाउँदै श्रीमती र नातागोतालाई सांसद बनाउन चार जना मानिस लागि परेको बताए। उनले एमाले भन्दा बढी मधेसवादी अरु कोहि नभएकोसमेत दाबी गरे।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.