तरकारी काट्ने चक्कु प्रहार गरि आफ्नै पतिको हत्या

काठमाडौं–काठमाडौं महानगरपालिका–७ मित्रपार्कबाट एक महिला आफ्नै पतिको हत्या गरेको अभियोगमा पक्राउ परेकी छन्। प्रहरीले गौरीघाट डेरा गरी बस्ने ४१ वर्षीया सरस्वती तामाङलाई पक्राउ गरेको हो।
आपसी विवादमा तरकारी काट्ने चक्कुले हानेर तमाङले सोमबार ४२ वर्षीय पति सुमन तामाङलाई ज्यान लिएकी हुन्। गम्भीर घाइते सुमनको उपचारको क्रममा हेल्पिङ ह्याण्ड अस्पताल चाविहलमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.