किम जोंग उनको दाइको हत्यामा एक महिला पक्राउ



उत्तर कोरियाली नेता किम जोंग उनको दाइ किम जोंग न्यामको मृत्युको विषयमा एक मलेसियाली महिलालाई पक्राउ गरिएको छ ।
स्थानीय पुलिसका अनुसार महिलालाई राजधानी क्वालालाम्पुरको हवाई अड्डामा पक्राउ गरिएको हो जहाँ किम जोंग न्यामलाई सम्भवतः विषालु सुईबाट हमला गरियो ।
पक्राउ महिलासँग भियतनामी दस्तावेज थिए ।
सिसिटिभी फुटेजमार्फत भयो पहिचानः
संदग्धि महिलालाई एयरपोर्टमा रेकर्ड गरिएको सिसिटीभी फुटेजबाट पहिचान गरिएको थियो । सिसिटिभी फुटेजको तस्बिरमा किमसँग दुई महिला देखिएका छन् जो पछि ट्याक्सीमा चढेर जान्छन् ।
दक्षिण कोरियाली र मलेसियामा देखाइएको एक तस्बिरमा एक महिला देखिएकी छिन् जसले सेतो टि–सर्ट लगाएकी छिनु र उक्त टिसर्टमा ूीइीू लेखिएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.