ओलीलाई सुटुक्क भेटेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज डा. बाबुरामलाई भेटे

काठमाडौँ : हिजो नारायणकाजी श्रेष्ठको निवासमा एमाले अध्यक्ष केपी ओलीलाई सुटुक्क भेटेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहानै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसित आफ्नै निवास बालुवाटारमा भेटेका छन्।
प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार भेटमा समसामयिक राजनीतिक परिस्थिति, संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको थियो।
विकास आयोजनाहरुको निरीक्षणका क्रममा बारा र रौतहटका लागि प्रस्थान गर्नुअघि प्रधानमन्त्री र भट्टराईबीच भेट भएको हो।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.