रोल्पामा कस्तो संयोग : थवाङमा विप्लव, लिवाङमा प्रचण्ड


काठमाडौं–जनयुद्धको उदगम थलो रोल्पामा आज अनौठो संयोग परेको छ । जनयुद्ध विसाएर संसदीय राजनीतिक अभ्यास गरेका प्रधानमन्त्री एव्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रोल्पा सदरमुकाम गएका छन् ।
दोस्रो जनयुद्धको खाँचो देखेका नेत्रविक्रम चन्द विप्लव थवाङमा बसेर भावी क्रान्तिको नक्सा बनाउँदैछन् ।
प्रचण्डको रोल्पा किन गए ?
–रोल्पा महोत्वस उद्घाटनका लागि प्रधानमन्त्री रोल्पा सदरमुकाम लिवाङ पुगेका हुन् ।
–रोल्पा पुगेर उनले कार्यलय प्रमुखहरुसँग भेट गरे र पूँजीगत खर्च बढाउन निर्देशन दिए ।
–जनतालाई सुशासनको अनुभूति दिनेगरी काम गर्न प्रचण्डले निर्देशन दिएका छन् ।
–पार्टी कार्यकर्तासँग भेट गरेर प्रचण्डले स्थानीय तहको चुनावको तयारीमा लाग्न पनि निर्देशन दिएका छन् ।
–प्रचण्ड कुनै राजनीति मुद्दाका लागि भन्दा पनि प्रधानमन्त्रीको हैसियतमा महोत्सव उद्घाटन गर्न गएका हुन् ।
बन्दसत्रमा विप्लव
–विप्लव थवाङमा सुरु भएको पार्टीको आठौँ महाधिवेशनमा भाग लिन त्यहाँ गएका हुन् ।
–फागुन ४ गते थवाङ पुगेका उनले हिजो बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
देशभरबाट आएका आठ सय प्रतिनिधि र दुई सय पर्यवेक्षकले बन्दसत्रमा सहभागिता जनाएका छन् ।
भारत, बङ्गलादेश, भुटान, स्पेन, फ्रान्सलगायत दर्जन बढी भाइचारा पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको छ ।
–आज महासचिवको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी तथा पार्टीको नयाँ विधान समूहगत रुपमा छलफल शुरु भएको छ ।
–फागुन १ गते काठमाडाँैको खुलामञ्चमा उद्घाटन भएको आठौँ महाधिवेशनको बन्दसत्र फागुन १० गतेसम्म चल्ने छ ।
–जसले विप्लव माओवादीको नाम परिवर्तन गर्नेछ र भविष्यको राजनीति क्रान्तिको खाँका पनि कोर्नेछ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.