फ्रान्समा 'अल्लाहू अकबर' भन्दै आतंककारीद्वारा सुरक्षाकर्मीमाथी आक्रमण



फ्रान्सको लुभ्रमा गस्ति गरिरहेको सुरक्षा टोलि माथी आक्रमण प्रयास गर्ने एक जनालाई सुरक्षाकर्मीले गोली हानी घाईते तुल्याएका छन्। सुरक्षाकर्मीका अनुसार आक्रमणकारीद्वारा अल्लाहू अकबर भन्दै चिच्याएर आक्रमणको प्रयास गरिएको थियो। आक्रमणकारीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले सुरुमा कम घातक गोली प्रयोग गरेको थियो तर आक्रमणकारीले सुरक्षाकर्मीलाई चक्कुले आक्रमण गर्दा ५ राउण्ड घातक गोली हानीएको सुरक्षाकर्मीले जनाएका छन्। घटना पछि आक्रमणकारीलाई अस्पताल पुर्याईएको थियो। तर मृत्यु भए नभएको पुष्टि गरिएको छैन्। उक्त घटना स्थानिय समय अनुसार बिहान १० बजे भएको थियो। एक जनालाई पेटमा गोली लागेको छ भने एक जना सिपाहिलाई टाउकोमा सामान्य चोट लागेको बताईएको छ। यस घटनालाई फ्रान्सका प्रधानमन्त्रिले आतंकवादी प्रकृतीको आक्रमण बताएका छन्। लुभ्र कला सम्बन्धि प्रख्यात स्थान हो। जहाँ मोनालिसा लगायत उत्कृष्ट कृतिहरु राखिएका छन्। आजको घटना कारुसेल दु लुभ्र नामको सपिगं सेन्टर प्रवेश गर्ने सिडिंमा भएको थियो। फ्रान्समा सन् २०१५ यता आतंककारी हमला बढेको छ, जस्का कारण पर्यटन व्यवसायमा ठुलो असर परेको फ्रान्सेली संन्चार माध्यमले जनाएको छ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.