यस्ता छन् पायल्सका ३ चरण ! पायल्सका तीन चरणबारे डा. मुकुन्दराज जोशी भन्छन्ः

मलद्वारभन्दा चार सेन्टिमिटरभित्र रहेको भागलाई एनल क्यानल भनिन्छ । एनल क्यानलमा धेरै नसा हुन्छन् । रक्तप्रवाह बढी हुने यी नसा दबाबमा हुँदा या रगडिँदा फुल्न थाल्छन् र रगत नै आउन सक्छ । पहिले एनल क्यानलमा भएका मुख्य तीनवटा ठूला नसा फुटेर रगत बग्छ । तर, सबै नसामा बिस्तारै समस्या पर्न जान्छ । दिसा गर्नेक्रममा यस्तो समस्या निम्तिन्छ । यो पायल्सको सुरुवाती समस्या हो । पायल्सका तीन चरणबारे डा. मुकुन्दराज जोशी भन्छन्ः
१,पायल्सको सुरुवाती चरणको महसुस कमैले मात्र गर्न सक्छन् । यो चरणमा एनल क्यानलमा भएका नसा सुन्निने र दिसा गर्दा फुटेर रगत आउने हुन्छ । दिसा गरिसकेपछि रगत आफैँ बन्द हुन्छ । यो चरणमा कसैलाई पीडा महसुस हुन्छ भने कसैलाई हुँदैन । यो चरणमै चिकित्सकलाई देखाएर औषधि सेवन गरेमा तथा आफ्नो बानी व्यवहारमा परिवर्तन ल्याएमा पायल्सको समस्या पीडादायी हुँदैन ।
२, पायल्स बढेर दिसा गर्दा बाहिर आउने र दिसा गरिसकेपछि पुनः भित्रै जाने अवस्था दोस्रो चरण हो । पायल्स यो चरणमा पुगेपछि सुईमार्फत औषधि दिएर कुसन फुलेका नसालाई भित्रै ब्यान्डिङ गरिन्छ । दोस्रो चरणमा पुगिसकेको पायल्स घरमै ठीक हुन्छ भनेर ढिलाइ गर्नु हुँदैन । चिकित्सककहाँ जानैपर्छ ।
३, नसा बाहिर नै अड्किने समस्या भयो भने पायल्स तेस्रो चरणमा पुगिसकेको बुझ्नुपर्छ । यो चरणमा पुगेको पायल्सको उपचार शल्यक्रियामार्फत गरिन्छ । अर्को नयाँ प्रविधि पनि आएको छ, जसमा बाहिर आएको भागलाई निकालेर बाँकीलाई भित्र नै फिक्स गरिन्छ । यसो गर्दा दुखाइ कम हुने र घाउ भित्र नै हुने हुँदा चाँडो आराम मिल्ने तथा काममा हिँड्न सकिने हुन्छ ।-नयाँ पत्रिका दैनिकबाट

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.