सीके राउत जनकपुरबाट पक्राउ



जनकपुरधाम : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरस्थित माछा बजार नजिकै भाडाको कोठामा बस्दै आएका राउतलाई प्रहरीले दिउँसो करिब २ बजेतिर पक्राउ गरेको उनकै कार्यकर्ताले बताएका छन् । राउत बस्ने घरको गेटको ताल्चा फुटाएर प्रहरीले पक्राउ गरेको हो । स्थानीयबासीले राउतलाई पक्राउ गरेको फोटो खिच्न खोज्दा प्रहरीले रोक लगाएको छ । राउतलाई पक्राउ गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्ला प्रशासन कार्यालय धनुषालाई पठाएको पत्रका आधारमा उनलाई पक्राउ गरिएको हो । राउनलाई प्रहरीले सिरहा जिप्रका पठाएको छ ।

0 comments

Write Down Your Responses

Recent Posts Widget
Powered by Blogger.